• Thursday 29th of October 2026

सातै प्रदेशका प्रहरी प्रमुखलाई काठमाडौँ बोलाइयो, दिउँसो पीसीसी बैठक बस्दै


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेपाल प्रहरीले सातै प्रदेशका प्रहरी नायव महानिरीक्षक (डीआईजी) लाई काठमाडौँस्थित प्रहरी प्रधान कार्यालयमा बोलाएको छ। प्रहरी समन्वय समिति (पीसीसी) को बैठकमा सहभागी गराउन प्रदेश प्रहरी प्रमुखहरूलाई काठमाडौँ बोलाइएको हो।

प्रहरीका एक उच्च अधिकारीका अनुसार सातै प्रदेशका डीआईजीलाई बिहीबार मध्याह्न १२ देखि साढे १२ बजेसम्म प्रहरी प्रधान कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको थियो। सोही निर्देशनअनुसार प्रदेश प्रहरी प्रमुखहरू काठमाडौँ आउने क्रम जारी रहेको जनाइएको छ।

प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीको अध्यक्षतामा दिउँसो २ बजेका लागि बैठक तय गरिएको छ।

बैठकमा समग्र शान्ति सुरक्षा अवस्था, प्रहरी संगठनको आन्तरिक व्यवस्थापन, नीतिगत विषय तथा समसामयिक सुरक्षा चुनौतीबारे छलफल हुने बताइएको छ।

पीसीसी बैठकमा डीआईजीभन्दा माथिल्लो दर्जाका प्रहरी अधिकारीहरू तथा उपत्यकाका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) तहसम्मका अधिकारी सहभागी हुने जनाइएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖