• Thursday 29th of October 2026

सरकार सञ्चालनमा प्रधानमन्त्री ओलीको भूमिका प्रभावकारी भएनः कांग्रेस प्रवक्ता महत


  • धनकुटा खबर
  • .

काठमाडौं, १४ वैशाख । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको बताएका छन् ।

प्रेस युनियनले आज (आइतबार) दाङको घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री ओलीको भूमिका प्रभावकारी नहुँदा दुई ठूला राजनीतिक शक्तिहरू मिलेर बनेको सरकारले जनअपेक्षाकृत काम गर्न नसकेको बताएका हुन् ।

कांग्रेस प्रवक्ता महतले प्रधानमन्त्री ओलीको भूमिका प्रभावकारी नभएकै कारण गभर्नर नियुक्तिमा ढिलाइ भएको, शिक्षकहरु सडकमा आएको र सुशासन कायम गर्न नसकिएको उनले बताए । प्रधानमन्त्री ओलीले सरकार सञ्चालनको सन्दर्भमा सत्तारुढ दलभित्र सन्तुलन मिलाउन नसकेको उनको आरोप छ ।

कांग्रेसले सक्षम, योग्य र देशको अर्थतन्त्र बुझेको व्यक्ति गभर्नर नियुक्ति गरिनुपर्छ भनिरहेको अवस्थामा प्रधानमन्त्री ओलीले त्यसबारे सहयोग र समन्वय नै गर्न नचाहेको उनको आरोप छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖