• Thursday 29th of October 2026

कांग्रेस सह-महामन्त्रीका छोरालाई पक्राउ गरिएको छैन : प्रहरी


  • धनकुटा खबर
  • .

जिल्ला प्रहरी परिसर, काठमाडौंले तीनकुने घटनासँग जोडेर नेपाली कांग्रेसका सह-महामन्त्रीका छोरालाई पक्राउ गरी विना कारबाही छोडिएको भन्ने विभिन्न सञ्चारमाध्यमहरूमा आएका समाचारमा कुनै सत्यता नरहेको स्पष्ट पारेको छ।

आइतबार जारी गरिएको प्रेस विज्ञप्तिमा प्रहरीले उक्त विषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेको छ।

“त्यस्तो कुनै पनि व्यक्तिलाई यो परिसर तथा मातहत कार्यालयहरूबाट नियन्त्रणमा लिइएको भन्ने समाचारमा कुनै सत्यता नरहेको व्यहोरा सम्पूर्णमा जानकारी गराइन्छ,” विज्ञप्तिमा भनिएको छ।

प्रहरीले घटनासम्बन्धी तथ्यहीन र भ्रामक समाचारप्रति आपत्ति जनाउँदै यथार्थ सूचना मात्र सम्प्रेषण गर्न आग्रह गरेको छ।

विज्ञप्तिमा जिल्ला प्रहरी परिसरका सूचना अधिकारी प्रहरी उपरीक्षक अपील राज बोहराको हस्ताक्षर छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖