कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले कलाकार सुरक्षा पन्तको समर्थनमा बोलेका छन्।
एक अन्तर्वार्तामा पत्रकारले सोधेको संवेदनशील राजनीतिक प्रश्नको उत्तर दिँदै सुरक्षा पन्तले लोकतान्त्रिक प्रणालीमा पूर्वराजा हृदयेन्द्र शाहलाई राजा बनाउने कुनै कानुनी व्यवस्था नरहेको स्पष्ट पारेकी थिइन्। साथै उनले हृदयेन्द्र शाहले कला क्षेत्र रोजेमा राम्रो भविष्य बनाउन सक्ने भनाइ राखेकी थिइन्।
मुख्यमन्त्री कार्कीले पन्तको उत्तरलाई “लोकतान्त्रिक व्यवस्था अनुरूपको स्वतन्त्र अभिव्यक्ति” भन्दै जायज ठहर गरेका छन्। तर उनले चिन्ता व्यक्त गर्दै भने, “केही निरंकुश सोच भएका व्यक्तिहरूले सामाजिक सञ्जालमा प्रोफाइल लक गरेर, ट्रोल गरेर र मानसिक दवाब दिँदै कलाकारको करियर नै सिध्याउने प्रयास गरिरहेका छन्, जुन आपत्तिजनक र आपराधिक हो।”
उनले यस्ता साइबर आक्रमण र दुरुपयोगविरुद्ध कानुनी कारबाही आवश्यक रहेको र सरकार गम्भीर रहेको बताए।
