• Monday 5th of October 2026

कोहलीको नयाँ कीर्तिमान, टी-२० मा ३०० छक्का हान्ने पहिलो भारतीय


  • धनकुटा खबर
  • .

काठमाडौं। आईपीएलमा शनिबार भएको खेलमा आरसीबीले सीएसकेलाई २ रनले पराजित गरेको थियो।

चिन्नास्वामी स्टेडियममा विराट कोहलीले ५ छक्का प्रहार गर्दै ६२ रन बनाउन सफल भए। उनी टिमबाट टी-२० मा ३०० छक्का प्रहार गर्ने पहिलो खेलाडी बनेका छन्। कोहलीले आईपीएलमा सर्वाधिक अर्धशतक बनाउने कीर्तिमान पनि बनाएका छन्।

आरसीबीका रोमारियो शेफर्डले १४ बलमा अर्धशतक बनाएका थिए। उनले खलिल अहमदको एक ओभरमा ३३ रन पनि दिए। यो कुनै पनि सिएसके बलरको सबैभन्दा महँगो ओभर थियो। कोहली आईपीएलमा आठौं पटक एक सिजनमा ५०० भन्दा बढी रन बनाउने पहिलो खेलाडीसमेत बनेका छन्।

चेन्नईविरुद्ध विराट कोहलीले ५ छक्का प्रहार गर्दै ६२ रनको इनिङ खेलेका थिए। उनले इनिङ्समा पहिलो छक्का प्रहार गर्ने बित्तिकै आरसीबीका लागि ३०० छक्का पूरा गरेका हुन्। उनी एउटै फ्रेन्चाइजीबाट टि २० मा ३०० छक्का प्रहार गर्ने पहिलो भारतीय क्रिकेटरसमेत बनेका छन्।

कोहलीपछि क्रिस गेलले आरसीबीका लागि ९१ खेलमा २६३ छक्का प्रहार गरेर पछि पछि रहेका छन्।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖