• Monday 5th of October 2026

बंगलादेशलाई ९ विकेटले हराएर भारत पुग्यो एसियन गेम्स किक्रेटको फाइनलमा


  • धनकुटा खबर
  • .

एसियन गेम्सअन्तर्गत पुरूष क्रिकेटमा भारत फाइनल प्रवेश गरेको छ। शुक्रबार हाङझाउमा भएको खेलमा भारतले बंगलादेशविरूद्ध रवाफिलो जित निकाल्दै फाइनलमा स्थान बनाएको हो।

टस जितेर भारतले पहिला फिल्डिङ गर्ने निर्णय गरेको थियो। बंगलादेशले २० ओभरमा ९ विकेट गुमाएर ९६ रनमात्र जोड्न सक्यो।

जवाफी ब्याटिङ गरेको भारतले १ विकेट गुमाउँदै १० ओभरमै ९७ रन बनायो।

भारतका लागि कप्तान रितुराज गायकवाडले ४० र तिलक बर्माले ५५ रन बनाए।

यसअघि क्वार्टरफाइनलमा भारतले नेपाललाई २३ रनले हराएको थियो।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖