• Sunday 4th of October 2026

नेपाली बजारमा भित्रियो ‘एफजेड भी ३’, यस्तो छ मूल्य र विशेषता


  • धनकुटा खबर
  • .

काठमाडौं। यामाहाको ‘एफजेड भी३’ नेपाली बजारमा भित्रिएको छ। यामाहा मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेजले एफजेड भी३ को स्ट्यान्डर्ड भेरिएन्ट नेपाली बजारमा ल्याएको हो।

कम्पनीले यसको मूल्य ३ लाख ७९ हजार ९०० रुपैयाँ तोकेको छ। बीएस ६ एफआई इन्जिन रहेको यो मोटरसाइकल यामाहाको उत्कृष्ट रेसिङ हेरिटेजबाट प्रेरित रहेको कम्पनीले जनाएको छ।

१ सय ४९ सिसी एयर कुल्ड फोर स्ट्रोक ब्लुकोर इन्जिन जडान गरिएको यो मोटरसाइकलले १२.४ पिएस पावर र १३.३ एनएम टर्क जेनेरेट गर्छ।

१६५ एमएम ग्राउन्ड क्लिरियन्स रहेको यो मोटरसाइकलले ५० किलोमिटरसम्म माइलेज दिने कम्पनीको दावी छ।

यसमा ओडोमिटर, स्पीडोमिटर र इको ल्याम्प, ट्याकोमिटर, सिंगल ट्रिप मिटर, फ्यूल इन्डिकेटर, एलसीडी इन्स्ट्रयुमेन्ट क्लस्टर जस्ता फिचर्स दिइएको छ।

यसको अगाडी ४१ एमएमको टेलिस्कोपिक सस्पेन्सन र पछाडी ७ स्टेप एड्जस्टेवल मोनोक्रस सस्पेन्सन जडान गरिएको छ। सुरक्षाका लागि यसको दुवै चक्कामा डिस्क ब्रेक जडान गरिएकोे छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖