• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

छोराको बिहे सर्नुलाई नेतन्याहुले ‘युद्धको मूल्य’ भनेपछि भड्किए इजरायली


  • धनकुटा खबर
  • .

तेल अभिभ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको छोराको बिहेमा ढिलाइ भइरहेको छ । गाजामा युद्ध सुरु भएकै कारण नेतन्याहुले छोराको बिहे सार्नु परेको थियो । अब आएर उनले आफ्नो छोराको विवाहमा ढिलाइलाई युद्धको ‘व्यक्तिगत मूल्य’ भनेका छन् । नेतन्याहूको टिप्पणीलाई धेरैले बेतुक र स्वार्थी भनेका छन् । युद्धका कारण कयौँको घरमा कहिल्यै बिहे नहुने भन्दै उनीहरू नेतन्याहुको अभिव्यक्तिप्रति रुष्ट बनेका छन् ।

नेतन्याहूले हालै बेरशेबा क्षेत्रको सोरोका अस्पतालको भ्रमण गरेका थिए । इरानले हानेको क्षेप्यास्त्र लागेर यो अस्पताल नराम्ररी क्षतिग्रस्त भएको थियो । अस्पताल बाहिर मिडियासँग कुरा गर्दै नेतन्याहूले भने कि जसरी जर्मनीले दोस्रो विश्वयुद्धको समयमा धेरै महिनासम्म बेलायतमा बमबारी गरेको थियो, त्यसका बाबजुद पनि बेलायतका जनताको मनोबल बलियो रह्यो, आफूहरू पनि यस्तै स्थितिबाट गुज्रिरहेका छौँ र इजरायलीहरूले आफ्नो मनोबल बलियो राख्नुपर्ने उनले भनेका थिए ।

‘युद्धमा मानिसहरू मारिएका छन् र सबैले युद्धको व्यक्तिगत मूल्य चुकाइरहेका छन् र हाम्रो परिवार पनि यसबाट अछुतो छैन । बिहे सरेकोले छोराको हुनेवाला श्रीमती र मेरी श्रीमती सारा धेरै दुःखी छन्’ आफ्नो छोराको विवाह फेरि स्थगित गरिएको सन्दर्भमा प्रधानमन्त्रीले भनेका थिए । आफ्नी श्रीमतीको प्रशंसा गर्दै नेतन्याहुले उनलाई नायक भने । नेतन्याहूको यो टिप्पणीपछि जनता आक्रोशित छन् ।

सामाजिक सञ्जालमा धेरै मानिसहरूले नेतन्याहूको आलोचना गरिरहेका छन् । जनताको समस्याभन्दा आफ्नो छविलाई प्राथमिकता दिएको आरोप मानिसहरूले नेतन्याहूलाई लगाएका छन् ।

नेतन्याहूले आफ्नो छोराको विवाहको लागि बिदा लिने योजना बनाएको खबर आएको थियो । विवाह सोमबार हुने भनिएको थियो । यसले जनतामा आक्रोश बढाएको थियो । विरोधलाई ध्यानमा राख्दै, विवाह दोस्रो पटक स्थगित गरियो ।

यसअघि नेतन्याहूको छोराको विवाह गएको वर्ष नोभेम्बरमा हुने भनिएको थियो । त्यतिबेला पनि युद्धकै कारण बिहे सरेको थियो । राजनीतिक वृत्तमा पनि नेतन्याहूको यो टिप्पणीको आलोचना भइरहेको छ । धेरैले नेतन्याहूलाई नार्सिसिस्टिक भनेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖