• Sunday 4th of October 2026

नेपालमा कोरोना संक्रमणबाट एक जनाको मृत्यु


  • धनकुटा खबर
  • .

कोरोना संक्रमण बाट नेपालमा एक जना कोरोना संक्रमित को ज्यान गएको छ। विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु भएको हो ।

मंगलबार बिहान अस्पतालमा भर्ना भएकी इलामकी ३९ वर्षीया लामा थरकी महिलाको मृत्यु भएको हो।

नोबेल अस्पतालका प्रबन्धक दिपेश राईका अनुसार, ती महिलालाई मंगलबार बिहान ४:२० बजे गम्भीर अवस्थामा अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो। उपचार सुरु गर्नु अघिनै बिहान करिब ६ बजे उनको मृत्यु भएको राईले जानकारी दिए।

मृतक महिलालाई सात दिनअघिदेखि स्वास्थ्यमा समस्या थियो। श्वासप्रश्वासमा समस्या हुने र ज्वरो आउने समस्या बढेपछि सोमबार बिर्तामोडको बिर्तासीटी अस्पतालमा परीक्षण गरिएको थियो।

परीक्षणका क्रममा कोरोना (कोभिड–१९) संक्रमण भएपछि थप उपचारका लागि विराटनगरको नोबेल अस्पताल भर्ना गरिएको थियो। उपचारका क्रममा महिलाको मृत्यु भएपछि शवलाई प्रहरीको जिम्मा लगाइएको प्रबन्धक राईले जानकारी दिएका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖