• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

किमले अचानक हटाए मुख्य अङ्गरक्षक, दिए नयाँलाई जिम्मेवारी


  • धनकुटा खबर
  • .

काठमाडौं, २६ असार । उत्तर कोरियाली शासक किम जोङ उनले आफ्नो मुख्य अंगरक्षक परिवर्तन गरेका छन् ।
 
यसबाहेक सबै सुरक्षाकर्मीको सरुवा गर्ने कुरा पनि भइरहेको छ । जासुसी र आफ्नो ज्यानलाई खतरा रहेको भन्दै किम जोङ उनले यो कदम चालेको बताइएको छ । किम जोङ उन उत्तर कोरियाका सर्वोच्च नेता हुन्, जसको जापान, दक्षिण कोरिया र अमेरिका जस्ता देशहरूसँग प्रत्यक्ष शत्रुता रहेको छ।
 
उत्तर कोरियाको समाचारका अनुसार किम जोङ उन हालै एक स्थल निरीक्षणका लागि पुगेका थिए, जहाँ नयाँ सुरक्षा गार्ड र त्यसका प्रमुखलाई उनीसँगै देखिएका थिए। किमले हालै इरानी कमाण्डरहरूको लक्षित हत्यापछि तुरुन्तै यो परिवर्तन गरेका हुन्। यद्यपी उत्तर कोरियाले यस विषयमा आधिकारिक रुपमा केही बोलेको छैन् ।
 
समाचारमा किमका मुख्य अंगरक्षकको नाम भने खुलाएको छैन तर सेनाका एक वरिष्ठ अधिकारीलाई यो जिम्मेवारी दिइएको बताइएको छ । यसअघि यी ती अधिकारीले सिंगापुर, भियतनाम र रुसमा काम गरिसकेका छन् । ती नयाँ अंगरक्षकलाई किम जोङ उनको विश्वासपात्र मानिन्छ।
 
समाचार अनुसार उत्तर कोरिया वा बाहिरका मानिसहरूलाई यस अंगरक्षकको बारेमा धेरै जानकारी छैन्। नयाँ मुख्य अंगरक्षकले पहिले नै पर्दा पछाडि किमको लागि काम गर्दै थिए। रिपोर्टमा थप भनिएको छ कि किमले आफ्नो पुरानो मुख्य अंगरक्षक किम चोल ग्युलाई राज्य मामिला आयोगको गार्ड विभागमा सरूवा गराएका छन् ।
 
उत्तर कोरियामा, किमको सुरक्षाको जिम्मेवारी एड्जुटेन्ट भनिने सुरक्षा बलमा रहन्छ। यसमा करिब २००–३०० सिपाहीहरू छन्, जो विभिन्न समयमा आफ्नो नेताको सुरक्षामा व्यस्त रहेका हुन्छन्। किम जोङको सुरक्षा प्रणाली ३ तहमा छ । पहिलो तहमा किम नजिकै १२ जना सैनिक राखिएको छ ।
 
यी १२ सैनिकहरूलाइ मात्रै हतियार लिएर किमसँग आउन अनुमति दिइएको छ । बीबीसीको रिपोर्ट अनुसार किमको सुरक्षा टोलीमा सामेल हुनका लागि धेरै कडा नियम बनाइएको छ । किमका सबै अंगरक्षकहरूमा दुईवटा कुरा समान छन्।
 
पहिलो, किम जोङका सबै अंगरक्षकहरूको उचाइ सर्वोच्च नेताको उचाइ बराबर छ। यसको मतलब किम जोङ उन जति ठूला छन्, उनका सुरक्षा गार्डहरू त्यति नै ठूला छन्। किमलाई कसैले लक्षित गर्न नपरोस् भनेर यो गरिएको हो।
 
दोस्रो किमको सुरक्षामा संलग्न सबै सैनिकहरूको कम्तिमा दुई पुस्ता सरकारप्रति वफादार रहेका छन्। किमले आफ्ना परिवारका वफादारहरूको सूचीमा परेका व्यक्तिहरूलाई मात्रै अङ्गरक्षक राख्छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖