केही दिन अघि भाइरल भएको एक भिडियोपछि अमेरिकी टेक कम्पनी एस्ट्रोनोमरका सीईओ एन्डी बायर्नले राजीनामा दिएका छन्।
कोल्डप्ले कन्सर्टको क्रममा स्टेडियमको स्क्रिनमा एक पुरुष र महिला हात समाएर बसेको दृश्य देखिएपछि सामाजिक सञ्जालमा तीव्र चर्चा सुरु भयो।
क्यामेराबाट बच्न खोजेका ती दुईमध्ये पुरुष एन्डी बायर्न रहेको खुलेको छ। भिडियोपछि दबाब बढेसँगै बायर्नले पदबाट राजीनामा दिएका हुन्।
बायर्न विवाहित हुन्, तर अहिले उनको उक्त भिडियो सार्वजनिक भएपछि श्रीमतीले डिभोर्सको तयारी गरिरहेको चर्चा चलेको छ।
