• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

बंगलादेश एयर फोर्सको विमान एक क्याम्पस परिसरमा दुर्घटनाग्रस्त


  • धनकुटा खबर
  • .

बंगलादेश वायुसेनाको एफ–७ बीजीआई प्रशिक्षण विमान सोमबार दिउँसो राजधानी ढाकाको डियाबारीस्थित माइलस्टोन कलेज परिसरमा दुर्घटनाग्रस्त भएको छ। विमान दुर्घटनापछि आगलागी भएको थियो ।

बंगलादेशको अन्तरसेवा जनसम्पर्कका अनुसार उक्त प्रशिक्षण विमानले दिउँसो स्थानीय समय अनुसार १:०६ बजे उडान भरेको र केही समयमै कलेज परिसरमा दुर्घटनाग्रस्त भएको हो।

ढाका महानगर प्रहरीको उत्तरा डिभिजनका उप–आयुक्त मोहिदुल इस्लामले ‘डियाबारीस्थित मिलस्टोन कलेजको भवनमा फाइटर जेट दुर्घटना भएको छ’ भन्दै घटनाको पुष्टि गरेका छन् ।

विमान दुर्घटनापछि दमकल टोली दिउँसो १:२२ बजे घटनास्थलमा पुगेको थियो। उद्धार कार्यमा संलग्न एक दमकलकर्मीले कम्तीमा केही विद्यार्थी जलेको दाबी गरेका छन्।

हालसम्म विमान चालकहरू दुर्घटनाअघि विमानबाट बाहिरिन सफल भए कि भएनन् भन्ने स्पष्ट भएको छैन।

कलेजका एक निर्देशकका अनुसार विमान अचानक कलेज भवनमा खसेपछि आगलागी भएको थियो भने विद्यार्थीहरू दौडँदै घटनास्थलमा पुगेका थिए।

घटनास्थलमा उद्धार कार्य जारी रहेको र थप विवरण आउन बाँकी रहेको जनाइएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖