• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

न्यूयोर्क गोलीकाण्डमा ४ को मृत्यु, बन्दूकधारीको तस्बिर सार्वजनिक


  • धनकुटा खबर
  • .

अमेरिकाको न्यूयोर्क शहरमा भएको गोलीकाण्डको घटनामा पाँच जनालाई गोली लागेको छ, जसमध्ये चार जनाको मृत्यु भएको मेयर एरिक एडम्सले बताएका छन्।मेयर एडम्सका अनुसार मृतकहरूमध्ये एक जना न्यूयोर्क प्रहरी अधिकृत पनि छन्।

यसअघि एडम्सले एक भिडियो सन्देशमार्फत् भनेका थिए, ‘भवनभित्र रहेका मानिसहरू त्यहीँ बस्नुस्, प्रहरी भवनको हरेक तल्लामा खोजी कार्य गरिरहेको छ।’

बीबीसीका अमेरिकी साझेदार सीबीएस न्यूजका अनुसार, यस घटनामा एक प्रहरी अधिकारीको मृत्यु भएको छ।रिपोर्टअनुसार, न्यूयोर्क प्रहरीका दुई अधिकारीहरू, जो ड्युटीमा थिएनन् तर सुरक्षा गार्डको रूपमा काम गरिरहेका थिए, तीमध्ये एकलाई गोली लागेको हो।

त्यस्तै दुई सर्वसाधारणहरू पनि गोली लागेर घाइते भएका छन्। एक प्रहरी अधिकारीको मृत्यु भएको छ भने घाइतेहरूमध्ये एक जनाको अवस्था गम्भीर बताइएको छ।

न्यूयोर्क प्रहरी स्रोतका अनुसार, हमलाकारीको पहिचान शेन डी टमुरा भएको छ, यद्यपि प्रहरीले यसबारे अधिकृत रूपमा पुष्टि गरेको छैन।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖