• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

आप्रावासी चढेको डुंगा पल्टिदा ५० बढीको मृत्यु, दर्जनौं बेपत्ता


  • धनकुटा खबर
  • .

काठमाडौं, १९ साउन । खराब मौसमका कारण करिब १५० यात्रु बोकेको डुङ्गा यमनको तटमा डुब्दा ५० भन्दा बढी आप्रवासीको मृत्यु भएको छ।

यमनको दक्षिणी प्रान्त अब्यानमा सो आप्रावासी चढेको जहाज पल्टिएको थियो, जसवाट १० जनालाई मात्र उद्धार गरिएको थियो । 

स्थानीय अधिकारीका अनुसार दर्जनौं अझै बेपत्ता रहेका छन । धेरै पीडितहरू इथियोपियाली नागरिक भएको विश्वास गरिएको छ ।

अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम) ले घटनालाई हृदयविदारक भनेको छ। यमन हर्न अफ अफ्रिकाबाट कामको खोजीमा खाडी अरब राज्यहरूमा यात्रा गर्ने आप्रवासीहरूको लागि प्रमुख मार्ग बनेको छ, आईओएमले हालैका महिनाहरूमा जहाज दुर्घटनामा सयौंको मृत्यु वा बेपत्ता भएको अनुमान गरेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖