• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

पुटिनसँगको वार्ताअघि रुसलाई ट्रम्पको चेतावनी


  • धनकुटा खबर
  • .

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पुटिनसँगको वार्ताअघि रुसलाई चेतावनी दिएका छन् ।

वाशिंगटन डीसीको केनेडी सेन्टरका पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले यदि रूसले युक्रेनमा युद्धविराममा सहमति जनाएन भने, उसले धेरै गम्भीर परिणामहरू भोग्ने चेतावनी दिएका हुन् ।ट्रम्पलाई पत्रकारहरुले सोधेको रूसी राष्ट्रपति पुटिनले बैठक पछि युद्ध अन्त्य गर्न सहमत भएनन् भने के हुन्छ ? भन्ने प्रश्नको जवाफ दिदै उनले यस्तो चेतावनी दिएका हुन् ।

ट्रम्पले जवाफ दिदै भने- ‘हो, परिणामहरू हुनेछन् । परिणामहरूको प्रकारको बारेमा मलाई केही भन्न आवश्यक छैन, तर तिनीहरू धेरै गम्भीर हुनेछन् ।’राष्ट्रपति ट्रम्प र पुटिन अगस्ट १५ मा अलास्कामा भेट्ने कार्यक्रम छ, जसमा युक्रेन युद्ध अन्त्य गर्ने सम्भावित तरिकाहरूबारे छलफल गरिने बताइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖