• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

ट्रम्पले जेलेन्स्कीसँग गरे लामो फोन वार्ता, बोलाए वाशिङ्टन


  • धनकुटा खबर
  • .

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग टेलिफोन वार्ता गरेका छन्।

शनिबार बिहान रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग तीन घन्टा वार्ता गरेर वाशिङटन फर्कँदै गर्दा ट्रम्पले एयरफोर्स वान बाटै जेलेन्स्कीसँग टेलिफोन संवाद गरेका हुन्।

ट्रम्पले विमानबाटै जेलेन्स्की र नेटो आबद्ध युरोपेली नेताहरूसँग संवाद गरेको ह्वाइट हाउसकी प्रेस सेक्रेटरी क्यारोलिन लेभिटले जानकारी दिएकी छन्।

अमेरिकी मिडिया सिएनएनका अनुसार ट्रम्पले सुरूमा जेलेन्स्कीसँग र पछि युरोपेली नेताहरूसँग अलास्कामा भएको भेटवार्ता र छलफल र त्यसको प्रगतीबारे संवाद गरेका थिए।

ट्रम्पसँगको कुराकानीपश्चात युक्रेनी राष्ट्रपति जेलेन्स्कीले आफू आगामी सोमबार वाशिङ्टन जाने बताएका छन्।

उनले ट्रम्पले नै वाशिङ्टन आउन निम्तो दिएको बताउँदै त्यसका लागि धन्यवाद पनि भनेका छन्।

‘सोमबार वाशिङ्टन डिसी पुगेर राष्ट्रपति ट्रम्पसँग भेट्नेछु र युक्रेनमा जारी हत्या र युद्ध अन्त्यका लागि छलफल गर्नेछु। निम्ताका लागि आभारी छु,’ जेलेन्स्कीले भनेका छन्।

उनले युक्रेनमा शान्ति स्थापनाका लागि अधिकतम प्रयत्नका लागि आफू तत्पर भएको पनि बताएका छन्।

‘राष्ट्रपति ट्रम्पले अलास्कामा भएको वार्ताबारे जानकारी गराउनुभयो। पुटिनसँगको बैठक र त्यसमा भएका मुख्य विषयबारे पनि अवगत गराउनुभयो। अहिलेको परिस्थिती बन्नुमा अमेरिकाको भूमिका महत्त्वपूर्ण छ,’ जेलेन्स्कीले भनेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖