बिपिन जोशीको खोजि गरिदिन भन्दै आमा र बहिनि इजरायली राष्ट्रपतिकोमा पुगेपछि “राष्ट्रपति Herzogले विपिनलाई इजरायलले आफ्नै नागरिकसरह मानेको भन्दै उनको रिहाइका लागि निरन्तर प्रयास भइरहेको स्मरण गरे ।
उनले नेपाली पक्षले समेत सम्बन्धित अरब मुलुकहरूसँग वार्ता गर्ने हो भने थप बल पुग्ने विश्वास व्यक्त गरे ।
संसद अध्यक्ष Ohanaले पनि विपिनप्रति विशेष चासो रहेको बताउँदै खोजी र मुक्तिका लागि इजरायली पक्षबाट निरन्तर पहल भइरहेको जानकारी गराएको पाइएको छ।”
