• Sunday 4th of October 2026

टेलिकमका ग्राहकको मोबाइलमा यस्तो एसएमएस आयो ? सावधान !


  • धनकुटा खबर
  • .

काठमाडौं । पछिल्ला केही दिनयता नेपाल टेलिकमका ग्राहकको मोबाइलमा विभिन्न अलर्ट आईडी प्रयोग गरी शंकास्पद सन्देश पठाइएको पाइएको छ।

ती सन्देशमा “Dear valued customer, your Connect IPS account has been locked. Please verify … to login and secure it” जस्ता व्यहोरा उल्लेख गरिएको हुन्छ।

यसरी पठाइएका सन्देशमा यूआरएल लिंक राखी ती खोल्न लगाइने र त्यसपछि कनेक्ट आईपीएसको यूजर नेम र पासवर्ड लेख्न प्रेरित गरी ठगी गर्ने गरेको पाइएको नेपाल टेलिकमले जनाएको छ।

टेलिकमले त्यस्ता फेक लिंक खोल्दा व्यक्तिगत जानकारी चोरी हुने जोखिम हुने भएकाले सेवाग्राहीलाई सचेत रहन आग्रह गरेको छ।

टेलिकमले कुनै पनि सेवासम्बन्धी सूचना आधिकारिक ब्लु टिकसहितको फेसबुक, एक्स लगायतका सामाजिक सञ्जाल पेज वा कम्पनीको आधिकारिक वेबसाइट मार्फत मात्र प्रकाशन गर्ने भएकाले त्यही आधारमा अद्यावधिक रहन पनि आग्रह गरेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖