• Sunday 4th of October 2026

नेपाल टेलिकमको डेटा र भ्वाइस सेवा ३ दिनसम्म नि:शुल्क, यसरी लिनुहोस् सुविधा


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेपाल टेलिकमले तीन दिनका लागि डेटा र भ्वाइस सेवा नि:शुल्क उपलब्ध गराएको छ । देशमा उत्पन्न विषम परिस्थितिका कारण देश विदेशमा रहेका आफन्तसँगको सम्पर्कलाई सहज बनाउन टेलिकमले तीन दिनका लागि नि:शुल्क डेटा र भ्वाइस सेवा दिएको हो ।

टेलिकमका अनुसार नि:शुल्क उपलब्ध गराइएको डेटा १ एमबीपीएस क्षमताको रहेको छ भने भ्वाइस कल नेपाल टेलिकमबाट नेपाल टेलिकमको नेटवर्कमा (अन-नेट) मात्रै प्रयोग गर्न पाइनेछ ।

टेलिकमका अनुसार नि:शुल्क डेटा सेवाका लागि *1415*8*3# र भ्वाइस सेवाका लागि *1415*8*7# डायल गरेर लिन सकिन्छ । यसअघि अर्को टेलिकम अपरेटर एनसेलले पनि दुई दिनका लागि निःशुल्क लोकल भ्वाईस कल, इन्टरनेट र एसएमएस सेवा उपलब्ध गराएको छ ।-टेकपाना

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖