काठमाडौं । व्यवसायी दुर्गा प्रसाईंमाथि काठमाडौंमा अभद्र व्यवहार भएको छ । उनले पत्रकार सम्मेलन गरेर बाहिरिने क्रममा उनीमाथि अभद्र व्यवहार गरिएको हो । काठमाडौंको एक होटलमा उनले सोमबार पत्रकार सम्मेलन गरेका थिए । त्यहाँबाट बाहिरिने क्रममा उनलाई मोसो दलिएको थियो ।
