• Wednesday 7th of October 2026

भारतीय प्रधानमन्त्री मोदीलाई बालेनकाे बधाई र शुभकामना


  • धनकुटा खबर
  • .

काठमाडौं, २१ असोज । नेपाल सरकारले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिएको छ । सरकार प्रमुखका रूपमा २५ वर्ष पूरा गरेकामा बुधबार प्रधानमन्त्री कार्यालयले बधाई तथा शुभकामना दिएको हो ।

‘समर्पित सार्वजनिक सेवाको २५ वर्ष पूरा गर्नुभएकोमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई हार्दिक बधाई तथा शुभकामना। नेपाल तपाईं र तपाईंको सरकारको आगामी दिनहरूमा निरन्तर सफलता र समृद्धिको कामना गर्दछ,’ प्रधानमन्त्री कार्यालयले सामाजिक सञ्जाल एक्समा लेखेको छ ।

प्रधानमन्त्री बालेन्द्र शाहले आगामी मंसिर ७ र ८ गते भारतको औपचारिक भ्रमण गर्दैछन् । त्यसअघि प्रधानमन्त्री कार्यालयले मोदीलाई बधाई दिएको हो ।

मोदीले गुजरातको मुख्यमन्त्रीका रूपमा १३ वर्ष र प्रधानमन्त्रीका रूपमा १२ वर्ष पूरा गरेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖