• Sunday 4th of October 2026

टेलिकमको नेटवर्कमा मध्यरातदेखि समस्या, भएको के हो ?


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाल टेलिकमको नेटवर्कमा १० घण्टादेखि समस्या देखिएको छ । टेलिकमको ‘ओसीएस मोड्युल’मा देखिएको समस्याका कारण मध्यरात १२ बजेतिरदेखि भ्वाइस तथा डाटामा समस्या देखिएको हो ।

टेलिकमका प्रवक्ता रवीन्द्र मानन्धरका अनुसार सुरुमा भ्वाइस र डाटा दुवैमा समस्या देखिएकोमा अहिले भ्वाइसमा देखिएको समस्या समाधान भएको छ । डाटामा भने अझै समस्या बाँकी नै रहेको उनको भनाइ छ ।

अहिलेसम्म पनि उक्त समस्या पत्ता लगाउने क्रममै रहेकोले समाधानका लागि केही समय लाग्नसक्ने उनको भनाइ छ । ‘भ्वाइसको समस्या पिनप्वाइन्ट भयो, यो समाधान भइसिकेको छ । डाटा अझै डिस्टर्ब, प्राविधिक साथीहरु यसमा दिलगिरहनुभएको छ, छिटै समस्या समाधान होला,’ उनले भने ।

ओसिएस मोड्युल भनेको बिलिङ गर्ने सिस्टम हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖