• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

विमानस्थल नजिकै उडेको ड्रोन प्रहरीको नियन्त्रणमा


  • धनकुटा खबर
  • .

ओस्लो। ओस्लोको विमानस्थल नजिकै एक विदेशीले सञ्चालन गरेको ड्रोन नर्वेका अधिकारीहरूले नियन्त्रणमा लिएका छन्। ड्रोनका कारण यस हप्ता नर्वे र डेनमार्कमा धेरै उडान अवरुद्ध भएका नर्वे प्रहरीका एक अधिकृतले बिहीबार बताए।

नर्वेको पूर्वी प्रहरी जिल्लाका अभियोजन प्रमुख लिसा मारी लोक्केले भने, “बुधबार साँझ ५० वर्ष नाघेका एक व्यक्तिले प्रतिबन्धित क्षेत्रमा ड्रोन उडाइरहेका थिए। यसले हवाई यातायातमा कुनै असर भने पारेको थिएन ।”

उनलाई पक्राउ गरिएको छैन तर प्रहरीले सोधपुछ भने गर्ने प्रमुख लोक्केले बताए ।

“हिजो राति ९ बजेतिर एउटा ड्रोन ओस्लो विमानस्थलको ‘नो फ्लाई जोन’मा प्रवेश गरेको सूचना प्रहरीलाई दिइएको थियो,” लोक्केले भने।

“हामी घटनास्थलमा पुग्दा पचास वर्ष नाघेका एक व्यक्तिले ड्रोन चलाइरहेको भेट्टायौँ”, उनले भने, “प्रहरीले उक्त उपकरण जफत गरेको छ।”

ड्रोन देखेको रिपोर्टपछि कोपनहेगन र ओस्लोसहित स्क्यान्डिनेभियन विमानस्थलहरूमा अस्थायी रूपमा आवागमन अवरुद्ध बनेको थियो ।

लोक्केले भने, “अहिले हामी यी घटनाबीच कुनै जोखिमयुक्त सम्बन्ध देख्दैनौँ।”

सोमबार रातिदेखि मङ्गलबारसम्म ओस्लो विमानस्थलको हवाई यातायात करिब तीन घण्टाका लागि बन्द गरिएको थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖