• Monday 5th of October 2026

अभिनेता अनमोल केसी बिरामी


  • धनकुटा खबर
  • .

काठमाडौँ । अभिनेता अनमोल केसी बिमारी परेका छन् । केही दिनदेखि उनलाई ज्वरोले सताएको छ ।

ज्वरोका कारण उनी केही दिनदेखि घरमा आराम गरिरहेको उनका बुबा भुवन केसीले जानकारी दिएका छन् ।

भुवनका अनुसार उनलाई बिहीबार स्वास्थ्य जाँचका लागि अस्पताल पनि लगिएको थियो । तर पनि उनको ज्वरो घट्न सकेको छैन ।

अनमोल बिरामी भएका कारण शुक्रबार आयोजित फिल्म ‘जेरी अन टप’ को ट्रेलरमा रिलिज कार्यक्रममा पनि सहभागी हुन सकेनन् ।

फिल्म ‘जेरी अन टप’ आगामी कात्तिक ३१ गतेबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ । फिल्ममा अनमोलको अलावा आँचल शर्मा र जसिता गुरुङको मुख्य भूमिका छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖