• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

सबै जीवित बन्धकहरू छाड्यो हमासले


  • धनकुटा खबर
  • .

हमासले गजामा जीवित रहेका सबै जीवित बन्धकहरू छाडेको छ।
केहीबेर अघिसम्म हमासले सबै बन्धकहरू छाडेको भनेर अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनले जनाएको छ।

तीमध्ये १३ जना बन्धकहरूलाई रेड क्रसले इसराइलको जिम्मा लगाइसकेको छ।

बाँकी बन्धकहरूलाई रेडक्रसले गजाबाट इसराइलतर्फ लगिरहेको भनिएको छ।

रेडक्रसले हमासले हस्तान्तरण गरेका बन्धकहरूलाई रिम सैन्य शिविरमा लैजान्छ। त्यहाँबाट सेनाले तेल अविभ पुर्‍याउँछ।

परिवारसँग भेटवार्ता गराएपछि बन्धकहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि अस्पताल लगिन्छ।

हमासले जीवितै रहेको र बन्धकमुक्त हुने २० जनाको सूची सुरूमा इसराइललाई उपलब्ध गराएको थियो।

सोही अनुसारका बन्धकहरूलाई रिहा गरिएको हो।

हमासबाट बन्धकमुक्त भएपछि पहिलो पटक केही बन्धकहरुको एसराइली भूमीमा खिचिएका तस्बिर सार्वजनिक भएका छन्।

बन्धकमुक्त हुनेहरूमा २२ वर्षीय मटन एन्ग्रेस्ट, २८ वर्षीय जिभ बर्मन, २८ वर्षीय गाली बर्मन, ३६ वर्षीय एल्काना बोहबोट, २१ वर्षीय रोम ब्रास्लाभ्स्की, २४ वर्षीय निमरोड कोहेन, २६ वर्षीय एरियल क्युनियो, ३३ वर्षीय डेभिड क्युनियो, २४ वर्षीय एभ्यातार डेभिड, २४ वर्षीय गाइ गिल्बोआ–दलाल, ३७ वर्षीय म्याक्सिम हर्किन छन्।

त्यस्तै ३९ वर्षीय एइटन होर्न, २७ वर्षीय सेगेभ काल्फोन, २१ वर्षीय बार कुपेर्स्टाइन, ४८ वर्षीय ओम्रि मिरन, २३ वर्षीय एइटन अब्राहम मोर, २५ वर्षीय योसेफ–चाइम ओहाना, २२ वर्षीय अलोन ओहेल, ३५ वर्षीय अविनातान ओर, २५ वर्षीय मटन जाङगाउकरलाई पनि हमासले छाडेको छ।

जीवित बन्धकहरू मुक्त भएपछि हमासले मृत्यु भएकाहरुको शव इसराइललाई हस्तान्तरण गर्छ। शव हस्तान्तरणका लागि भने केही समय लाग्न सक्ने भनेर हमासले इसराइललाई जानकारी गराएको छ।

हमासले बन्धक मुक्त गरेपछि इसराइलले प्यालेस्टिनी केदीहरूलाई जेलमुक्त गर्नेछ। उसले २५० जना आजीवन कारावास सजाय तोकिएका कैदीसहित १७ सय जनालाई जेलमुक्त गर्नेछ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖