ह’मासले हिजो राति फिर्ता गरेका चार शवमध्ये एक इजरायली ब’न्धकको नभएको इजरायलको विधिविज्ञान परीक्षणमा पुष्टि भएको छ।
गलत श’व पठाएको भन्दै इजरायलमा आ’क्रोश देखिएको छ।
यसअघि पनि ह’मासले शिरि बिबसको भनेर गलत श’व पठाएको थियो।
गाजा शान्ति सम्झौताअनुसार ह’मासले अहिलेसम्म आठ शव फिर्ता गरेकोमा सात मात्र ब’न्धकका भएको इजरायलले जनाएको छ।
