• Monday 5th of October 2026

गायिका नितु पौडेलको आत्मदाह प्रयास असफल


  • धनकुटा खबर
  • .

काठमाडौं –गायिका नितु पौडेलको आत्मदाह प्रयत्न असफल भएको छ। प्रहरीले अनामनगरबाट उद्दार गरि किर्तिपुरको बर्न अस्पताल लगेको छ।
आत्मदाह प्रयास गरेकी गायीका नीतु पौडेलले घटना हुनु अघि सामाजिक सञ्जालमा भावुक सन्देश लेखेकी थिइन्।

उनीले आफ्नो फेसबुक स्टोरीमा लेखेकी थिइन् – “आज मैले जीवनको सबैभन्दा ठूलो निर्णय लिंदैछु अब।”

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवन भट्टराईका अनुसार घटनाको कारण खोजी भइरहेको छ। उनले भने, “यदि कसैको संलग्नता भेटिएमा कानूनी कारबाही गरिनेछ।”

पौडेललाई आगो लागेको अवस्थामा प्रहरीले उद्धार गरी कीर्तिपुरस्थित जलन उपचार केन्द्रमा पुर्‍याएको थियो। भट्टराईका अनुसार, अहिले उनको अवस्था सामान्य रहेको छ।

घटनापछि गायक बाबुल गिरी पनि अस्पताल पुगेका छन्। पौडेलले आत्मदाह प्रयास गर्ने स्थान भने अनामनगरस्थित बाबुल गिरीको कार्यालय अगाडि थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖