लोकप्रिय गायिका ज्योति मगरले नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीप्रति खुला समर्थन व्यक्त गर्दै जेनजी आन्दोलनका अभियन्ता मिराज ढुंगानामाथि कडा टिप्पणी गरेकी छिन्।
एक टेलिभिजन अन्तर्वार्तामा बोल्दै उनले ओलीलाई “महान नेता” र “अविकल्पीय व्यक्तित्व” का रूपमा वर्णन गर्दै मिराज ढुंगानाको राजनीतिक धरातलप्रति असन्तुष्टि जनाइन् ।
जेनजी अभियन्ता ढुंगानालाई आन्दोलनबाट भाग्ने भगौडाको रुपमा उनले हरेकी छन । अरूलाई उचालेर आफैं टाढा हुने शैली सही होइन। त्यस्तो भगौडापनले आन्दोलनको आत्मालाई नै कमजोर बनाउँछ उनको भनाइ थियो।
उनले पूर्वप्रधानमन्त्री ओलीको नेतृत्वमा देशले स्थायित्व र स्पष्ट दिशा पाएको भन्दै थप भनिन्, “प्रचण्डभन्दा कयौं गुणा ओली राम्रो नेता हुन्। उहाँले देशलाई योजनाबद्ध रूपमा अघि बढाउन खोज्नुभयो। आज पनि उहाँजस्तो सोच र दृढताका नेता नेपालमा छैनन्।”
