• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

आउन थाल्यो बिहार विधानसभा निर्वाचनको नतिजा


  • धनकुटा खबर
  • .

पटना । भारतको बिहार राज्यको विधानसभा निर्वाचनको नतिजा धमाधम आउन थालेको छ ।

२४३ विधानसभा सिटमध्ये निर्वाचन आयोगले अहिलेसम्म ६ सिटको मत परिणाम घोषणा गरेको छ । जसअनुसार नीतीशकुमार नेतृत्वको जनता दल युनाइटेड पाँच सिटमा विजयी भएको छ भने एउटा सिटमा भारतीय जनता पार्टीका उम्मेदवार निर्वाचित भएका छन् ।

यस्तै, ९४ सिटमा भारतीय जनता पार्टीले अग्रता बनाउँदा जनता दल युनाइटेडले ८१ स्थानमा अग्रता बनाएको छ ।

तेजस्वी यादव नेतृत्वको राष्ट्रिय जनता दलले भने २४ सिटमा अग्रता बनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖