• Monday 5th of October 2026

संसद पुनर्स्थापना गरेर संविधान संशोधन गराों : दीपकराज गिरी


  • धनकुटा खबर
  • .

चुनाव हुने–नहुनेबारे अनिश्चितता बढिरहेको बेला अभिनेता दीपकराज गिरीले संसद पुनर्स्थापना गरेर संविधान संशोधनमार्फत देशले दिगो शान्तिको दिशा लिन सक्ने टिप्पणी गरेका छन्।

गिरीले सामाजिक सञ्जालमा लेख्दै सबै दलको व्यापक छलफलपछि संविधानका आवश्यक बुँदामा सहमति बनाएर एक दिनका लागि संसद् पुनर्स्थापना गर्न सकिने र त्यही सभाबाट संविधान संशोधन गरेर निर्वाचनतर्फ जानु उपयुक्त हुने धारणा व्यक्त गरेका हुन्। “सर्वदलीय भेला गरेर सबैलाई मान्य हुने बिन्दुमा पुगेर एक दिन संसद् फर्काएर संशोधन गरी चुनावमा गइयो भने देशले दिगो शान्ति पाउँथ्यो कि?” गिरीले लेखेका छन्।

जेन–जी आन्दोलनपछि अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते चुनावको मिति घोषणा गरिसकेकी छिन्। तर राजनीतिक पक्षहरूबीच सहमति नजुटिरहेको, संवैधानिक व्यवस्थाका केही बुँदा विवादमा परिरहेको र निर्वाचनको तयारीबारे कतिपय शंकाहरू उठिरहेको समय गिरीको अभिव्यक्ति आएको हो।

गिरीको यस टिप्पणीले चुनाव, संसद पुनर्स्थापना र संविधान संशोधनबारे पुनः राजनीतिक बहस तातेको देखिन्छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖