• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

जम्मू कश्मीरको नौगाम प्रहरी कार्यालयमा विस्फोट, ६ जनाको मृत्यु, २७ घाइते


  • धनकुटा खबर
  • .

शुक्रबार राति श्रीनगरको नौगाम प्रहरी स्टेसनभित्र स्फोट भएको छ। घटनामा ६ जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन्। घाइतेमध्ये धेरैजसो प्रहरी र फाेरेन्सिक अधिकारी रहेको प्रहरीले जनाएको छ।

उनीहरूको उपचार आर्मी बेस अस्पतालमा भइरहेको खबर भारतीय सञ्चारमाध्यमले प्रकाशित गरेको छ । विस्फोटपछि आसपासको क्षेत्र हाई अलर्टमा राखिएको छ।

प्रहरीका अनुसार यो ब्लास्ट त्यतिबेला भयो जब अधिकारीहरूले ‘ह्वाइट कलर’ आतङ्कवादी प्रकरणमा बरामद गरिएको विस्फोटक पदार्थको नमुना परीक्षण गर्दै थिए।

सोही क्रममा फरीदाबादबाट पक्राउ परेका डा. मुजम्मिल गनईबाट बरामद ३६० किलो अमोनियम नाइट्रेटको केही अंश परीक्षणका लागि प्रहरी कार्यालयमा ल्याइएको थियो।

डा. गनई दिल्ली ब्लास्टपछि पक्राउ परेका ८ जना सन्दिग्ध मध्ये एक हुन्। यद्यपि ३६० किलो विस्फोटकको सम्पूर्ण मात्रा प्रहरी स्टेसनमै थियो कि थिएन भन्ने विषयमा अझै स्पष्ट जानकारी आएको छैन।

यसअघि, १० नोभेम्बरमा दिल्लीको लालकिला मेट्रो स्टेसन नजिक कारमा भएको विस्फोटमा १३ जनाको मृत्यु भएको थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖