• Monday 5th of October 2026

कमेडी च्याम्पियनका निर्देशक विशाल भण्डारी अहिले ओलीको ‘बडीगार्ड’!


  • धनकुटा खबर
  • .

नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको सुरक्षा व्यवस्थामा अब चर्चित निर्देशक विशाल भण्डारी पनि सक्रिय देखिन थालेका छन्। ‘कमेडी च्याम्पियन’, ‘भ्वाइस अफ नेपाल’लगायत धेरै रियालिटी शो सफलतापूर्वक निर्देशन गरेका भण्डारी पछिल्ला दिनमा भक्तपुरको गुण्डु पुगेर ओलीको सुरक्षासम्बन्धी गतिविधिमा सहभागी हुने गरेका छन्।

सरकारले ओलीमा खटिएका केही सुरक्षाकर्मी फिर्ता बोलाएपछि एमालेले पार्टी निकट युवाको सहकार्यमा वैकल्पिक सुरक्षा संयोजन तयार पारेको थियो। यसका लागि सांसद महेश बस्नेतले साताअघि गुण्डुमा युवालाई भेला गरेका थिए। शारीरिक रूपमा सुदृढ युवाको समूह बनाएर सुरक्षा व्यवस्थापन सुदृढ गर्ने योजनामा भण्डारी समेत उपस्थित भएको स्रोतले बताएको छ।

भण्डारी पहिले पनि सामाजिक सञ्जालमार्फत ओलीको समर्थनमा टिप्पणी गर्दै आएका थिए, तर खुला रूपमा सक्रियता देखाएका थिएनन्। २०७९ मा काठमाडौँका मेयर बालेन साहसँग सामाजिक माध्यममा भएको तीक्ष्ण जुहारी अहिले फेरि चर्चामा छ, जहाँ भण्डारीले बालेनलाई ‘श्री ८’ भन्दै कटाक्ष गरेका थिए। पछिल्लो गतिविधिले उनी अब एमालेसँग प्रत्यक्ष रूपमा जोडिँदै गएको संकेत झनै स्पष्ट भएको देखिन्छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖