• Wednesday 7th of October 2026

कोशीमा निर्णायक रहेको राप्रपाले बोलायो बैठक


  • धनकुटा खबर
  • .

कोशी प्रदेश सरकार गठनमा निर्णायक रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पदाधिकारीको बैठक बोलाएको छ ।

कोशी प्रदेशको सरकारमा दाबी गर्ने अन्तिम दिन बिहान शुक्रबार बस्ने गरी राप्रपाले पदाधिकारीको बैठक बोलाएको जानकारी प्रवक्ता मोहन श्रेष्ठले दिए ।

कोशी सरकारका हामी कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल गर्न राप्रपालाई शुक्रबार बिहान पदाधिकारीको बैठक बोलाएको छ’, श्रेष्ठले लोकान्तरसँग भने ।

कोशीमा राप्रपासँग ६ सांसद छन् । यही मत नै निर्णायक भएपछि राप्रपालाई मनाउन केन्द्रीय सत्ता गठबन्धन नै लागिपरेको छ । नेकपा (माओवादी केन्द्र)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलवार राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग भेटेर सहयोग मागेका थिए । नेकपा (एमाले)ले पनि राप्रपालाई आफ्नो गठबन्धनबाट बाहिर जान नदिने नीति लिएको छ ।

तर राप्रपाले सरकारमा आफैं दाबी गर्ने वा अरुलाई समर्थन गर्ने भन्नेबारेमा निर्णय लिइसकेको छैन ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖