अष्ट्रेलियाले १६ वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा पूर्ण प्रतिबन्ध लगाउँदैछ।
डिसेम्बर १०, २०२५ बाट लागू हुने कानुनअनुसार फेसबुक, इन्स्टाग्राम, टिकटक, युट्युब, स्न्यापच्याट, एक्स, रेडिट, थ्रेड्स, किक र ट्विचमा १६ वर्षभन्दा कम उमेरका बालबालिकाले खाता राख्न पाउने छैनन्।
मेटा कम्पनीले डिसेम्बर ४ देखि नै १६ वर्ष मुनिका प्रयोगकर्तालाई सूचना पठाएर खाता बन्द गर्न थालेको छ। यसबाट करिब ५ लाख किशोरकिशोरी प्रभावित हुने अनुमान छ।
नियम उल्लङ्घन गरे कम्पनीलाई ४.९५ करोड अस्ट्रेलियाली डलरसम्म जरिवाना हुन सक्छ।
