• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

आफ्नो गाडी छाडेर मोदीको ‘टोयोटा फर्च्युनर’मा सवार भए पुटिन


  • धनकुटा खबर
  • .

दिल्ली ओर्लिएका रुसी राष्ट्रपति भ्लादिमिर पुटिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकै गाडीमा सवार भएका छन्। यसलाई उनीहरूबीचको निकटताको संकेतका रूपमा सञ्चारमाध्यमहरूले चित्रित गरेका छन्।

चीनको तियानजिनमा द्विपक्षीय भेट गर्दा पनि मोदी र पुटिन एकै गाडीमा चढेका थिए। त्यतिबेला मोदी पुटिनको रुसमै निर्मित औरस सेनाटमा सवार भएका थिए।

यसपटक पुटिन दिल्ली आउँदा मोदी आफैँ स्वागत गर्न पुगे। मोदीले पुटिनलाई आफ्नो गाडीमा सवार गराए। यो गाडी भने टोयोटा फर्च्युनर थियो।

मोदीले मर्सिडिज छाडेर जापानी कम्पनी टोयोटा रोज्नुमा पनि सूक्ष्म कूटनीतिक सन्देश लुकेको थुप्रैले सामाजिक सञ्जालमा टिप्पणी गरेका छन्।

मोदीले आजै साँझ पुटिनका लागि रात्रीभोज दिँदैछन्। उनीहरूबीच शिखर बैठक शुक्रबार हुनेछ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖