• Sunday 4th of October 2026

लेबनानबाट इजरायलको हवाइ क्षेत्रमा घुसपैठ !


  • धनकुटा खबर
  • .

काठमाडौं । इजरायली सेनाले लेबनानबाट इजरायली वायुक्षेत्रमा शंकास्पद घुसपैठको सूचना प्राप्त भएको बताएको छ। समाचार एजेन्सी रोयटर्सका अनुसार उत्तरी इजरायलका धेरै क्षेत्रमा मानिसहरूलाई सचेत गराइएको छ। अलर्ट साउन्डको आवाज यहाँ सुन्न सकिन्छ।

इजरायली प्रसारकलाई उद्धृत गर्दै रोयटर्सले उत्तरी इजरायलमा एउटा क्षेप्यास्त्र खसेको जनाएको छ।

यस क्षेत्रका सबै मानिसहरूलाई आश्रयस्थलमा जान र अर्को आदेश नभएसम्म त्यहाँ बस्न भनिएको छ।

यसैबीच ब्रिटिस एयरवेजले सुरक्षाको कारण देखाउँदै लन्डनबाट तेल अवीभसम्मका सबै उडानहरू हिथ्रोसम्म डाइभर्ट गरेको छ ।

ब्रिटिस एयरवेजले तेल अभिभका लागि सबै उडान स्थगित गरेको जनाएको छ ।

इजरायली सेनाका अनुसार हमासको आक्रमणमा १२ सय जनाको मृत्यु भएको छ भने २७ सयभन्दा बढी घाइते भएका छन् ।

यसै क्रममा प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयले गाजामा पछिल्लो चार दिनमा इजरायली हमलाका कारण मृत्यु हुनेको संख्या ११ सय पुगेको र करिब ४५०० जना घाइते भएको बताएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖