• Wednesday 7th of October 2026

नेपालबाट मनसुन बाहिरिन अझै तीन दिन लाग्ने


  • धनकुटा खबर
  • .

काठमाडौ । नेपालबाट मनसुन पूर्णरुपमा बाहिरिन अझै तीन दिन लाग्ने भएको छ । मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पश्चिमी भागबाट मनसुन पूर्णरुपमा बाहिरिएपनि पूर्वी क्षेत्रबाट बाहिरिन भने अझै तीन दिन लाग्ने देखिएको छ ।

महाशाखाका मौसमविद् गोविन्द झाका अनुसार मनसुन सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशबाट पूर्ण रूपमा बाहिरिएको छ भने गण्डकी प्रदेशको पश्चिमी भागबाट मनसुन बाहिरिने क्रम जारी छ ।

कोशी, मधेश र बागमती प्रदेशका एकरदुई स्थानमा अहिले पनि हल्का वर्षा भइरहेको मौसमविद् झाले बताए । शनिबारसम्म नै यो क्रम जारी रहने छ भने ठुलो पानी पर्ने सम्भावना नरहेको झाको भनाइ छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖