• Wednesday 7th of October 2026

२५० जना नेपाली बोकेर इजरायलबाट काठमाडौं उड्यो विमान


  • धनकुटा खबर
  • .

इजरायलबाट २५० जना नेपाली लिएर नेपाल वायु सेवा निगमको जहाज काठमाडौंका लागि उडेको छ। इजरायलको तेल अभिबस्थित बेन गुरियनन विमानस्थलबाट द्वन्द्वका कारण अलपत्र नेपाली बोकेर नेपाल एयरलाइन्सको विमान काठमाडौं हिँडेको हो।

उक्त विमान आज राति सवा ९ बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गर्ने बताइएको छ।

इजरायलमा परराष्ट्रमन्त्री एनपी साउदको नेतृत्वमा वायुसेवा निगमको विमान उद्धारका लागि इजरायल पठाइएको हो। वायुसेवा निगमका क्याप्टेन श्रवण रिजाल नेतृत्वको क्र्यू मेम्बरले उद्धार उडान भरेका हुन्।

इजरायलमा प्यालेस्टाइनको हमास समूहले गरेको आक्रमणमा परी नेपालीसहित हजारौं अपलपत्र परेका छन्।

सरकारले नेपाल फर्कन चाहनेहरूका लागि अनलाइन आवेदन खुलाएको थियो। जसमध्ये नेपाल आउन चाहेका २५० जना नेपालीलाई बिहीबार सरकारले उद्धार गरेको हो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖