• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

पूर्वमन्त्री खड्का सहित काँग्रेस र एमाले कार्यकर्ता रास्वपा प्रवेश


  • धनकुटा खबर
  • .

काठमाडौँ । गण्डकी प्रदेशको पूर्व भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री कुमार खड्कासहित नेपाली काँग्रेस र एमालेका नेता कार्यकर्ता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका छन्।

रास्वपाले शनिबार पोखरामा आयोजना गरेको पार्टी सदस्य भेटघाट तथा बृहत् पार्टी प्रवेश कार्यक्रममा रास्वपा उपसभापति डा. स्वर्णिम वाग्लेसहितका नेताले उनीहरूलाई पार्टीमा स्वागत गरे ।

पूर्वमन्त्री खड्का, नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि मिलन थापा, एमालेका पूर्व गण्डकी प्रदेश कमिटी सदस्य पुष्पराज अधिकारीलगायत नेता तथा कार्यकर्ता पार्टी प्रवेश गरेका हुन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖