• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

ओली–दाहालबीच चुनावी सहकार्यको विषयमा छलफल


  • धनकुटा खबर
  • .

काठमाडौं, २० पुष । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालबीच भेटवार्ता हुने भएको छ ।

अहिले केहीबेरमा हुने भेटवार्तामा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताईएको छ ।

आसन्न राष्ट्रियसभाको निर्वाचन, प्रतिनिधिसभाको निर्वाचन, जेनजी आन्दोलनपछिको राजनीतिक अवस्थाको समिक्षा र वामपन्थी सहकार्यको विषयमा छलफल हुने बताईएको छ ।

प्रचण्ड आजै साँझ नयाँ दिल्ली जाने तय भएको छ । त्यसअघि नै दुई नेताबीच भेटवार्ता हुने भएको हो । जेनजी आन्दोलनपछि दुई नेताबीच एक्लाएक्लै भेटवार्ता भने यो पहिलो हुनेछ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖