• Sunday 29th of November 2026

चितवन १ मा एमालेले सुरेन्द्र पाण्डेको नाम सिफारिसबाट हटायो


  • धनकुटा खबर
  • .

नेकपा एमालेले फागुन २१ को निर्वाचनका लागि चितवन क्षेत्र नम्बर १ मा प्रत्यक्ष उम्मेदवार सिफारिस गर्दा नेता सुरेन्द्र पाण्डेको नाम समावेश नगरेको छ।

प्रदेश कमिटीले सिफारिस गरेको ६ जनामा बागमती प्रदेश उपाध्यक्ष दावा दोर्जे लामा, जिल्ला अध्यक्ष कमलराज पाठक, क्षेत्र संयोजक कृष्णलाल चौधरी, निवर्तमान केन्द्रीय सदस्य डा. किशोरचन्द्र खनाल, क्षेत्रीय सचिव भरत भण्डारी र कमिटी सदस्य लक्ष्मी कोइराला पोखरेल छन्।

पाण्डेले आफूलाई नाम सिफारिसमा नराखिएकोबारे आश्चर्य व्यक्त गर्दै भने, स्थानीय नेताहरूले जित्न सक्ने उम्मेदवार छान्ने निर्णय गरेको हुनसक्छ। अघिल्लो निर्वाचनमा चितवनका सबै तीन क्षेत्रबाट एमाले उम्मेदवारले प्रत्यक्ष जित पाएका थिएनन्।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖