• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

सुदन गुरुङ जाँचबुझ आयोगमा, बालेनलाई पनि प्रश्नावलीसहित पत्र


  • धनकुटा खबर
  • .

काठमाडौं । जेनजी आन्दोलनमा भएको दमनवारे जाँचबुझ गर्न गठन भएको आयोगले हामी नेपालीका संयोजक सुदन गुरुङसँग सोधपुछ थालेको छ । गुरुङसँगको सोधपुछ नसकिएकाले सोमबार पनि जारी रहने आयोगका एक कर्मचारीले बताए ।

उनी आन्दोलनमा स्वयंसेवकको रूपमा पुगेका थिए । जेनजी आन्दोलन सफल भएपछि उनले प्रधानमन्त्रीदेखि विभिन्न निकायहरूमा पुगेर विभिन्न माग राखी दबाबमूलक कार्यक्रम गर्दै आएका छन् ।

जेनजी आन्दोलनमा भएको घटनाक्रम र त्यसक्रममा देखेका कुराहरू बताउन आग्रह गरी गुरुङलाई बोलाइएको आयोगका एक सदस्यले बताए ।

यसैबीच, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी नेता प्रचण्डलाई आफ्नो भनाइ राख्न पत्र पठाएको आयोगले काठमाडौं महानगरपालिकाका मेयर बोलन शाहलाई पनि प्रश्नावली सहितको पत्र पठाएको छ ।

‘उहाँ सम्भवत: आफ्नो जवाफ सहित आयोगमा आएर जवाफ पेश गरेर जानुहुन्छ होला,’ आयोगसम्वद्ध स्रोतले भन्यो, ‘प्रमुख दुई दलका नेताहरूलाई झै उहाँलाई पनि आन्दोलनसँग सम्बन्धित प्रश्न पठाइएको हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖