काठमाडौ । रवि लामिछानेपछि दोस्रो वरीयतामा रहेका बालेन शाह रास्वपाको वरिष्ठ नेता बनेका छन् ।
यो पनि…
काठमाडौं । सुदन गुरुङ समूहको द काउन्सिल अफ जेनजी राष्ट्रिय स्वतन्त्र पार्टीमा जोडिँदा रक्षा बम नेतृत्वको जेनजी फ्रन्ट भने बाहिरै रहेको छ ।
काउन्सिलमा आवद्य जेनजी अगुवा शिव यादव, खेमराज साउद, जेम्स कार्कीलगायत आइतबार केन्द्रिय सदस्य बनेर रास्वपामा जोडिएका छन् । उनीहरू बालेन शाहको समूहबाट रास्वपामा प्रवेश गरेका हुन् ।
रास्वपा नेतृत्वसँग छलफलमै रहेकाले अहिलेसम्म प्रवेश नगरेको जेनजी फ्रन्टका अगुवाहरूको भनाइ छ । फ्रन्टका एक नेताले औपचारिक रूपमा फ्रन्टबाट अहिलेसम्म कोही प्रवेश नगरे पनि व्यक्तिगत रूपमा कोही जान सक्ने बताए ।
आइतबार रास्वपाले केन्द्रीय समिति विस्तार गर्दा प्रदीप ज्ञवाली पनि केन्द्रीय सदस्य बनेका छन् । फ्रन्टमा रहेका उनको प्रवेशलाई फ्रन्टका अगुवाहरूले स्वेच्छिक भनेका छन ।
