• Wednesday 7th of October 2026

दुर्गा प्रसाईंका सहयोगी बिक्रम सुब्बा पक्राउ


  • धनकुटा खबर
  • .

झापा, असोज २५ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंका सहयोगी बिक्रम सुब्बा पक्राउ परेका छन् ।

नेकपा एमालेको कार्यक्रमस्थलमा प्रवेश गरी गाडी तोडफोड तथा आक्रमणको प्रयास गरेको भन्दै उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

आज, झापामा नेकपा एमालेका पोलिटव्युरो सदस्य महेश बस्नेत सहभागी कार्यक्रममा उनले गाडीहरू तोडफोड गर्नाका साथै आक्रमणको प्रयास गरेका थिए । घटना लगत्तै प्रहरीले उनलाई निणन्त्रणमा लिएको हो ।

उनले कार्यक्रम चलिरहेको बेला पार्किङमा राखिएका एमाले नेता तथा कार्यकर्ताको दर्जनौँ गाडी तोडफोड गरेर लाखौँको क्षति पुर्‍याएका छन् ।

सुब्बाले केही दिनअघि काठमाडौंमा दुर्गा प्रसाईंमाथि कालोमोसो दलिँदा झापाको बिर्तामोडमा प्रदर्शन समेत गरेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖