काठमाडौं । जेनजी अगुवा रक्षा बमले नेपाली कांग्रेसभित्रको अहिलेको विवादबारे आफ्नो धारणा सार्वजनिक गरेकी छन् ।
केहीदिनअघि मात्रै कांग्रेस महामन्त्री गगनकुमार थापासँग भेटेकी उनले कांग्रेसको नियमित महाधिवेशन रोज्नेहरूले जेनजी आन्दोलनलाई अस्वीकार गरिरहेको बताएकी हुन् ।
‘नियमिततामा ब्रेक त भदौ २३ मै लागेको थियो, जब तपाईंहरूका पार्टीका गृहमन्त्री सम्मिलित सरकारले निहत्था विद्यार्थीमाथि गोली चलाएको थियो। त्यसपछि नेपाली राजनीति नियमितताभन्दा धेरै पर पुगिसकेको छ।
र अहिले हामी चुनावको संघारमा छौँ,’ उनले सामाजिक सञ्जालमार्फत भनेकी छन्, ‘भदौ २३ यत्तिकै आएको थिएन। लामो समयदेखि जनताले राज्य र राज्य सञ्चालकहरूबाट जबरजस्ती बेहोर्नुपरेको बेथिति, अकर्मण्यता र निराशाको परिणाम थियो भदौ २३ ।
जनताले तत्कालीन अवस्थामा भोगिरहेको स्वेच्छाचारिताको हिस्सेदार नेपाली कांग्रेस पनि भएकै हो । हामीले त्यो अवस्थाबाट देशलाई निकाल्नका लागि परिवर्तनको माग गरेका थियौँ/छौँ।’
