• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

प्रधानमन्त्रीले राजीनामा मागेपछि कुलमानले मुख खोले


  • धनकुटा खबर
  • .

काठमाडौं। प्रधानमनत्री सुशीला कार्कीले राजीनामा दिन निर्देशन दिएपछि ऊर्जामन्त्री कुलमान घिसिङले आफूले आजसम्म कुनै पार्टीको सदस्यता नलिएको स्पष्टीकरण दिएका छन्।

काठमाडौंमा आयोजित नेपाल इन्जिनियर्स एशोसियसन अन्तरक्रिया कार्यक्रममा उठेको प्रश्नको जवाफ दिँदै उनले आफूले अहिलेसम्म पार्टी सदस्यता नलिएको बताएका हुन्। उनले भने, ‘मलाई यहाँ एउटा साथिले उठाउनुभएको कुरा छ अहिलेसम्म आजको दिनसम्म म कुनै पनि पार्टीको सदस्य छैन।’

प्रधानमन्त्री कार्कीले सोमबार मन्त्रिपरिषद् बैठक सकिए लगत्तै मन्त्रीहरू कुलमान घिसिङ, जगदीश खरेल र बब्लु गुप्तालाई नैतिकताका आधारमा राजीनामा निर्देशन दिएकी हुन्।

दलीय गतिविधिमा संलग्न भइ आसन्न निर्वाचनमा प्रतिनिधिसभा सदस्यमा उम्मेद्‍वार हुने तयारीमा रहेका मन्त्री त्रयलाई चुनावी सरकारको भावना बुझ्न आग्रह गरेकी मन्त्रिपरिषद्‍ बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए।

प्रधानमन्त्रीले राजीनामा दिन आग्रह गरेका मन्त्रीहरू दलीय गतिविधिसहित व्यक्तिगत चुनावी अभियानमा केन्द्रित भएपछि प्रधानमन्त्री कार्कीले चुनावी सरकारको निस्पक्षतामाथि प्रश्न नउठ्ने गरी मार्ग प्रशस्त गर्न आग्रह गरेकी हुन्।

एक मन्त्रीका अनुसार हालको सरकार विशेष परिस्थितिमा गठन भएको र अब अर्को चरणमा प्रवेश गर्न लागेको उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले दोहोरो भूमिकामा बस्नु उपयुक्त नहुने वर्तमान सरकारको म्यान्डेन विपरित हुने बताएकी थिइन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖