• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

समानुपातिक सूची सच्याउन माग गर्दै राप्रपाका २ जना नेतृ आमरण अनसनमा


  • धनकुटा खबर
  • .

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को समानुपातिक सूची सच्याउन माग गर्दै पार्टीका दुई जना नेतृ आमरण अनशनमा बसेका छन्। समानुपातिक प्रतिनिधित्वमा अन्याय भएको दाबी गर्दै नानीमैया आचार्य र चम्पा अधिकारीले अनशन सुरु गरेका हुन्।

आचार्य राप्रपाकी केन्द्रीय उपाध्यक्ष हुन् भने अधिकारी पार्टीको महिला संगठनकी सचिवको जिम्मेवारीमा छन्। उनीहरूले समानुपातिक सूचीमा न्यायोचित प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने माग गर्दै आमरण अनशनको बाटो रोजेका हुन्।

राप्रपाभित्र समानुपातिक सूचीलाई लिएर पछिल्लो समय आन्तरिक विवाद चर्किँदै गएको छ। सूची निर्माण प्रक्रियामा पारदर्शिता र समावेशिताको कमी भएको भन्दै केही नेताहरूले असन्तुष्टि जनाउँदै आएका छन्।

नेतृहरूको आमरण अनशनपछि पार्टी नेतृत्वमाथि दबाब बढेको छ। यस घटनाले राप्रपाभित्रको आन्तरिक मतभेद सार्वजनिक रूपमा सतहमा आएको छ भने समानुपातिक प्रतिनिधित्वसम्बन्धी विवाद थप पेचिलो बन्दै गएको देखिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖