• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

देउवा साढे १ बजेदेखि इतर समूहका ३ नेतासँग छलफलमा


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा दिउँसो साढे १ बजेदेखि इतर समूहका ३ नेतासँग छलफलमा छन् । देउवा निवास महाराजगन्जमा इतर समूहका नेता डा.शेखर कोइराला, सहमहामन्त्री जीवन परियार र डा.मिनेन्द्र रिजालबिच छलफल भइरहेको हो ।

डा.कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले देउवा निवासमा पार्टीलाई एक ढिक्का कसरी बनाउन सकिन्छ भन्नेबारे साढे १ बजेदेखि छलफल भइरहेको जानकारी दिए ।

डा.कोइराला देउवासँग भेट्नलाई शनिबार दोस्रो पटक महाराजगन्ज पुगेका हुन् । डा.कोइराला शनिबार बिहान पनि देउवालाई भेटेर फर्किएका थिए ।

पार्टीका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासहितले आइतबार र सोमबार काठमाडौँको भृकुटीमण्डपमा विशेष महाधिवेशन आह्वान गरेका छन् । देउवा नेतृत्वको संस्थापन र डा। कोइराला नेतृत्वको इतर समूह त्यो महाधिवेशनको विपक्षमा छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖