• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

उज्यालो नेपाल पार्टी विभाजित, २० केन्द्रिय सदस्य सहित डा.जोशी रास्वपा तिर


  • धनकुटा खबर
  • .

काठमाडौ । उज्यालो नेपाल पार्टीका उपाध्यक्ष एवम् सुदूरपश्चिम प्रदेशसभा सदस्य डा. तारा जोशीको नेतृत्वमा २० केन्द्रीय सदस्यहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मै रहने निर्णयमा पुगेका छन्। रास्वपा र उज्यालो नेपाल पार्टीबीचपार्टी एकता भंग भएपनि उनीहरू एकताको पक्षमै अडिग रहेको बताइएको छ। डा. जोशी उज्यालो नेपाल पार्टीका वार्ता संयोजक एवं दोस्रो वरियताका नेता हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भंग भएसँगै दुबै दलले आ–आफ्ना आकस्मिक बैठक बोलाएका छन्। एकता टुटेसँगै दलभित्र आन्तरिक छलफल तीव्र बनेको छ।

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ अध्यक्षमै रहने तयारीमा रहेको बताइए पनि पार्टीका केही केन्द्रीय सदस्यहरू भने एकताकै पक्षमा उभिने संकेत देखिएको छ।

“हामी एकताको पक्षमा छौँ, अब उज्यालो नेपालमा फर्किँदैनौँ,” उज्यालो नेपालका एक केन्द्रीय सदस्यले भने, “हामी रास्वपामै रहन्छौँ।”

उज्यालो नेपाल पार्टीले ५१ सदस्यीय केन्द्रीय समिति निर्वाचन आयोगमा बुझाइसकेको भए पनि स्रोतका अनुसार तीमध्ये करिब २० जना केन्द्रीय सदस्यहरू एकताको निर्णयबाट पछि नहट्ने अडानमा छन्। उनीहरू हाल आन्तरिक छलफलमा जुटेको बताइएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖