उज्यालो नेपाल पार्टी (उनेपा)का अध्यक्ष कुलमान घिसिङले भने, ‘समानुपातिकको अन्तिम दिन थियो १४ गते। राति ८-९ बजेको समय थियो।
हामीले समानुपातिक पनि दर्ता गर्न पाएनौँ। त्यसबेला जेन-जीका भाइहरू-सुदन गुरुङलगायत-मिल्नुपर्छ दाइ, यसरी हुँदैन भनेर भन्नु भयो।
म साँझ ५ बजे उहाँहरूसँगै गएर म जुनसुकै पद छोड्न तयार छु, मिलौँ भनेको हुँ। सुदनले नै त्यो दिन ज’बरज’स्ती गर्नुभयो। उहाँहरूले ज’बरज’स्ती लगेर चाहिँ त्यहाँ गएर म मिलेको हो।
उहाँहरुकै अनुरोधअनुसार मिल्नुपर्छ भन्ने जेन-जीका साथीहरूको भावना सम्पूर्ण नेपालीको भावना हो भनेर कदर गर्नुपर्छ भनेर मिलेको हुँ।’
